विवाहको एक वर्षपछि इन्दिराले दिइन् पार्टी

काठमाडौं । गत वर्ष २०७९ जेठ ३१ गते चितवनको बाराही जंगल लजमा विवाह गरेका गायिका इन्दिरा जोशी र शरद केडियाले शनिबार विवाह भोज दिएका छन् । उनको पार्टीमा नजिकका आफन्त फिल्म, गीतसंगीत र पत्रकारिता क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

पार्टीमा काठमाडौं महानगरपालिका प्रमुख बालेन साह कलाकार मदनकृष्ण श्रेष्ठ, न्ह्यु बज्राचार्य, कुन्ती मोक्तान दम्पती, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी लगायत सहभागी थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१