काठमाडौं । परराष्ट्र मन्त्रालयका ३१ वर्षीय नायव सुब्बा अनुप भण्डारी पोखराकाे बेगनासतालमा मृत भेटिएका छन् । बिहान ८ बजे डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचन खुलेको थियो ।
भण्डारी आइतबार राति १ बजे काठमाडौंबाट जहाज चढेर पोखरा आएका थिए । पोखरा आइसकेपछि भण्डारीले राति २ बजे आफ्नो परिवारलाई पोखरा आइपुगेको सन्देश पठाएको स्रोतले जनाएको छ ।
उनी आइतबार राति १० बजे अफिस जानु छ भनेर घरबाट निस्केका थिए ।