• २०८३ असार १९
  • 2026 July 03, Friday

कक्षा १२ को सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा नै हुने

काठमाडौं । आजदेखि शुरु भएको कक्षा १२ को परीक्षामा सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा दिइने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले नेपालीमा मात्रै प्रश्न सोधिने जानकारी दिएका छन् । उनले भने ‘पोहोर कस्तो आएको थियो त्यस्तै आउँछ अर्थात नेपालीमा मात्रै प्रश्न आउँछ ।’

यसअघि कार्यालयले सुझाव लिनको लागि भन्दै नेपाली अंग्रेजी दुवै भाषामा नमुना प्रश्नपत्र सार्वजनिक गरेपछि शिक्षकहरुले विरोध गरेका थिए । सामाजिक अध्ययन विषयका शिक्षकहरुले संयुक्त रुपमा विज्ञप्ति नै जारी गरेर विरोध जनाएका थिए । तर अहिले विदेशी विद्यार्थीहरुको लागि तयार पारिएको प्रश्नपत्र भएको नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए ।

उनले भने, ‘विदेशी विद्यार्थीको लागि तयार पारेका थियौं । फरक फरक नराखेर एकै ठाउँमा राखिएको थियो।’ अहिले नेपालमा कत्ति विदेशी परीक्षार्थी छन् भन्ने तथ्यांक समेत नभएको उनले बताए ।

उनले भने ‘अब विद्यालयले माग गरेको अवस्थामा पठाउँछौं । कत्ति विदेशी विद्यार्थी छन् यकिन छैन । छपाई गर्नुपर्ने भएको भए त्यहि संख्याको आधारमा छाप्नुपर्ने भएकाले थाह हुन्थ्यो ।’