काठमाडौं । करेन्ट चाउचाउ अमेरिका, अष्ट्रेलियालगायतका पश्चिमा देशमा निर्यात हुन थालेको छ ।
रुपन्देहीको तिलोत्तमामा ६ वर्षअघि सुरु गरिएको यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउ विदेश निर्यात हुन थालेको हो ।
करेन्ट अहिले स्वदेश मात्रै नभएर भारत, अष्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुमा पनि निर्यात हुन थालेको कम्पनीले जनाएको छ । विदेशी बजारबाट यसले प्रति वर्ष एक करोड अमेरिकी डलर बराबरको निर्यात गरिरहेको कम्पनीले जानकारी दिएको छ ।
नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्टको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामाग्री नेपाल सरकारबाट अनुमति प्राप्त भएकाले स्वस्थकर र धेरै मानिसले रूचाएको कम्पनीको दाबी छ ।
प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १५ हजार मानिसलाई रोजगारी तथा ५ जिल्लाका १० हजार किसानलाई पनि बजार प्रदान गरेको कम्पनीले बताएको छ ।
त्यस्तै, करीब ३० हेक्टरमा अकबरे खुर्सानी खेती गर्ने किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन र उत्पादनलाई बजार दिँदै करेन्टले विभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको कम्पनीले जनाएको छ ।