अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंका ५६ वर्षीय ओम शाक्य रहेका छन् ।

शाक्यले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगेको प्रहरीले जनाएको छ ।

शाक्यलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१