आज देशैभरि खोप लगाइँदै

काठमाडौं । आज बृहत् खोप अभियान । खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइदैछ ।

जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाईफाईडका जस्ता खोप अहिले लगाइँदै छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१