• २०८३ जेठ २२
  • 2026 June 05, Friday

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका पुर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।