
काठमाडौं । जेठ १२ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को गीत सार्वजनिक भएको छ ।
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘जाऊ न आऊ’ बोलको गीत सार्वजनिक गरिएको हो । युशिन राईको स्वर र शब्द रहेको गीतमा प्रयत्न श्रेष्ठको संगीत छ ।
फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, एलिशा विक, अशु न्यौपाने, निश्चल विमल, अर्जुन गोदाम, तलिशा गुरुङलगायतका कलाकारको अभिनय छ ।
स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको हो ।
शम्भु थापा द्वारा निर्देशित फिल्म कृष्ण बहादुर थापाले छायांकन गरेका हुन् । दीर्घ खड्काले सम्पादन गरेका छन् ।
पार्वती थापा, सुशिला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।