
काठमाडौं । गायक सुनिल कटुवालले नयाँ गीत सार्वजनिक गरेका छन् ।
उनले आफ्नै युट्युब च्यानलमार्फत ‘झुम्कावाली’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतको भिडिओमा भिमफेदी गाईज समूहसँगै अनिशा पोेख्रेल, श्रेया ज्ञवाली, दिपिका तामाङ र आभा थापा पनि फिचर्ड छन् ।
किरण के उप्रेतीको शब्द रहेको गीतमा पुष्कर सुनुवारको संगीत र संगीत संयोजन रहेको छ ।
निर्मल कुमार लामाले निर्देशन गरेको म्युजिक भिडिओलाई पवन सुस्लिङले छायांकन र सम्पादन गरेका हुन् ।
लामो सयमदेखि अष्ट्रेलियामा बस्दै आएका गायक कटुवालको (कपुरी क, ताराबाजी लै लै, मुखैमा राम-राम, केटो अलि कमाउने होस, डाडँ कटौला) लगायत गीतहरू चर्चित छन् ।