• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

दर्ता भयाे ‘यात्री’ माेटरसाइकल

काठमाडाैं । स्वदेशी मोटरसाइकल ‘यात्री’ अन्तत: कानुनी रूपमा दर्ता भएको छ ।

यात्री डिजाइन स्टुडियो प्रालि नामले कम्पनी दर्ता भएको हो । यात्रीले ३ वर्षअघि आफ्नो उत्पादन सार्वजनिक गरेको थियो ।

एक वर्षअघि नै आफ्नो उत्पादन डेलिभर गरे पनि कानुनी जटिलताका कारण बजार विस्तार हुन सकेको थिएन।

गत वैशाखमा यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी दर्ताको बाटो खुलेको हो ।

यात्रीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् मोटरसाइकल दर्ता भएको जानकारी गराएको छ । यात्रीले आफ्नो स्पेसियल सिरिजको यात्री पी-१ मोटरसाइकल दर्ता भएको बताएको हाे ।