फिल्म ‘जारी’पछि सौगात र अनुपको ‘जार’ प्रदर्शनको तयारीमा

काठमाडौं ।दयाहाङ राई शीर्ष भूमिका रहेको फिल्म ‘जारी’पछि अब जार प्रथाको कथामा तयार भएको फिल्म ‘जार’ रिलिजको तयारी गरिएको छ । यी दुई फिल्म विल्कुल फरक हुन् ।

डेढ बर्ष अगाडि नै फिल्म ‘जार’को टिजर सार्वजनिक भएको थियो । तर, यसपछि यो फिल्मको निर्माणपक्षले फिल्म रिलिजलाई खासै चासो देखाएन ।

इन्द्र बहादुर राईको कथामा तयार भएको यो फिल्ममा गीताञ्जली थापा, सौगात मल्ल र अनुप विक्रम शाही मुख्य भूमिकामा छन् । फिल्मको छायांकन सिक्किममा गरिएको हो । फिल्मलाई फुर्वा टिसिरिङ लामाले निर्देशन गरेका हुन् ।

फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, हर्क साउद र भुपाल राईको शब्द, अखिलेश राइको सम्पादन छ । ज्योती क्षेत्री र निरज राई कार्यकारी निर्माता रहेको फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७