
काठमाडाैं । रसिया-युक्रेन युद्ध अन्त्यकाे माग राखेर पाेर्चुगलमा एक नेपाली युवाले शान्तिपूर्ण विराेध प्रदर्शन गर्ने भएका छन् । नेपाली युवा केशब बास्ताेललाले मे २५ तारिक बिहीबार (जेठ ११ गते) विराेध प्रदर्शन गर्न लागेकाे हुन् । उनी लामाे समयदेखि रसिया-युक्रेन युद्ध अन्त्यकाे माग गरिरहेका छन् ।
उनले २५ तारिक पाेर्चुगलस्थित रसियन एम्बेस्सीमा बिहान ११ बजे र अमेरिकन एम्बेस्सीमा दिउँसाे १ बजे शान्तिपूर्ण प्रदर्शन गर्ने जानकारी दिए । प्रदर्शनका लागि उनले युद्ध अन्त्य गर्न अनुराेधसहितका पाेस्टर पम्पलेट निर्माण गरेकाे पनि बताए ।
साथै, बास्ताेलाले शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति पनि लिइसकेकाे र प्रदर्शनकारीकाे सुरक्षाका लागि त्यहाँका प्रहरीले सुरक्षा दिने जानकारी पनि गराए । उनले प्रदर्शनमा सहभागी भइदिन पाेर्चुगलमा रहेका जतिपनि नेपाली छन् उनीहरु सबैलाई आह्वान पनि गरेका छन् ।
उनले पाेर्चुगलमा भएका नेपालीमात्र नभइ जति पनि याे युद्ध अन्त्य चाहाने शुभेच्छुकहरु प्रदर्शनमा सहभागी हुनसक्ने बताएका छन् । उनले आफ्नाे याे काममा उपस्थित भएर सहयाेग गरिदिन अपिल पनि गरेका छन् ।
उनले भने, ‘शान्तिपूर्ण प्रदर्शनकाे लागि यहाँ अनुमति लिइसकेकाे छु । यहाँका सुरक्षाकर्मीकाे सहयाेगमा शान्तिपूर्ण प्रदर्शन हुनेछ । जति पनि युद्ध अन्त्य चाहाने शुभेच्छुकहरु हुनुहुन्छ सबैलाई उपस्थितिकाे लागि अनुराेध गर्दछु ।’