‘डाकिनी’मा रविन्द्र सिंह बानियाँकाे लुक्स

काठमाडौं । ‘डाकिनी’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्म क्यूएफएक्स छायाँ सेन्टर र लबिम मल, एफक्यूब सिनेमाज्, बिग मुभिज र एसके सिनेमा लगायत केही शो मात्र प्रदर्शन हुँदैछ ।

बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)द्वारा निर्देशित फिल्ममा नेपाली कलाकार रविन्द्र सिंह बानियाँसँगै छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव लगायतको अभिनय रहेको छ ।

फिल्ममा अभिनेता रविन्द्र सिंह बानियाँको भूमिका अहिलेसम्म खुलाइएको थिएन । अहिले भने निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गरेको छ ।

जसमा रबिन्द्रको लुक्स बाहिर आएको छ । उक्त पोष्टरमा उनी लामो कपालमा गुलाबको फूल र गजरा, आँखामा गाजल, ओठमा रातो रंगको लिपिस्टिक, गालामा पोते, हातमा चुरा लगायत श्रृगारमा साडी समेत लगाएर ट्रान्सवुमन लुक्स छ । जो कोहीलाई पनि उनी चिन्न मुस्किल पर्छ ।

‘पशुपति प्रसाद’मा हनुमान, ‘जात्रा’ मा जोयश बनेर अभिनयमा राम्रो छाप छोडेका रबिन्द्रको ट्रान्सवुमन भुमिकाले सबैमा कौतुहलत जगाएको छ । षट्कोण आर्टस्को ब्यानरमा बनेको फिल्मका केही निर्माता मध्य रविन्द्र पनि एक हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७