भुटानी शरणार्थी नेता रिजाल पक्राउ

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा काठमाडौं प्रहरी परिसरको टोलीले रिजाललाई पक्राउ गरेको हो ।

बिचौलियाको बयानको आधारमा उनलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

नेपालमा रहेका भुटानी शरणार्थीको अधिकारका पक्षमा उनले लामो समयदेखि पैरवी गर्दै आएका थिए । तर, नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने प्रकरणमा उनको नाम मुछिएपछि प्रहरीले खोजी गरिरहेको थियो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१