राष्ट्रपति पौडेल बिना तामझाम संसद भवन जाने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद जाँदै छन् । सङ्घीय संसदका दुवै सदनलाई सम्बोधन गर्न बिना तामझाम सङ्घीय संसद भवन बानेश्वर जाने भएका छन् ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिएका छन् । सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका उनको भनाइ छ ।

गत फागुन २५ मा निर्वाचित पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । ‘सडक खाली गराएर तामझाम हुँदैन । पुरानो परम्परा पुरै नमास्ने भनिरहेको छ । त्यसका लागि संसद पुग्ने बेलामा बग्गी अगाडि लाग्छ । राष्ट्रपति निवासबाट तामझाम हुँदैन,’ उनले भने ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७