कान्स रेडकार्पेटमा ऐश्वर्या राय (तस्वीर)

काठमाडौं । पूर्वविश्वसुन्दरी तथा भारतीय अभिनेत्रीले फ्रान्समा जारी कान्स २०२३ को रेडकार्पेट नापेकी छन् । उनको शैली र पहिरनले कान्समा विश्व मिडियाको ध्यान आकृष्ट गर्‍यो ।

ऐश्वर्याले पहिरिएको चाँदीको पोशाक सोफी कउचरले डिजाइन गरेको हो । लगातार २१ औं वर्ष कान्समा उपस्थित भएकी ऐश्वर्याले यसपटक कालो हुड र चाँदीको गाउन लगाएकी थिइन् । सोफी कउचरको इन्स्टाग्राम पोस्टअनुसार ऐश्वर्याले कान्समा यो पोशाक लगाएर डेब्यु गरेकी थिइन् । चाँदीको सेक्विन एल्युमिनियम र क्रिस्टलबाट बनेको हुन्छ ।

ह्यारिसन फोर्ड अभिनित पाँचौं इन्डियाना जोन्स फिल्म ‘इंडियाना जोन्स र द डायल अफ डेस्टिनी’को प्रिमियरमा ऐश्वर्याले रेडकार्पेट नापेकी थिइन् । ऐश्वर्याले झण्डै दुई दशकदेखि कान्समा कस्मेटिक कम्पनी लोरियलको प्रतिनिधित्व गर्दै आएकी छिन् । फिल्म फेस्टिभलमा उनको पहिलो उपस्थिति देवदासको स्क्रिनिङको लागि थियो र अर्को वर्ष उनी जुरीको भूमिकामा थिइन् ।

ऐश्वर्या छोरी आराध्यासँग कान्समा छिन्, जो उनको नियमित यात्राकी साथी हुन् । हालै मणिरत्नमको फिल्म ‘पोन्नियिन सेल्वन’मा उनी देखिएकी थिइन् । यस वर्षको कान्स रेड कार्पेटमा ऐश्वर्याबाहेक साराअली खान, मृणाल ठाकुर, उर्वशी रौतेला, ईशा गुप्ता र मानुषी छिल्लर लगायतका भारतीय सेलिब्रिटी हिंडेका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७