• २०८३ असार १३
  • 2026 June 27, Saturday

‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक

काठमाडौं । समसामयिक कथामा कमेडी मिश्रण गरिएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तर्रजातिय प्रेममा आउने उताब–चडाब लगायतका विषयवस्तु देखाएको छ ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी जेठ–२६ मा देशव्यापी प्रदर्शन हुँदैछ । नेपालबाहेक जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केहि सहरमा पनि फिल्म प्रदर्शन हुनेछ ।

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन छ ।

बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व।जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र पनि हो ।

फिल्मलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् भने विदेश राइट्स भ्वाइस अफ नेपालका संचालक राज सागरले किनेका हुन् ।