• २०८३ असार १९
  • 2026 July 03, Friday

जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि…

काठमाडाैं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ ।

शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उक्त जहाज साढे ८ बजे जनकपुरमा पुगेको थियो।

तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले मुसा देखेको प्रवक्ता निरौलाले बताए। उक्त जहाजमा ४९ जना यात्रु बोर्डिङ भइसकेका थिए।

अब इन्जिनियरहरूले जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने उनले बताए।

उक्त जहाज त्यहीँ राखेर यात्रुलाई अर्को जहाजबाट ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिए।