सगरमाथा आरोहणको क्रममा यस सिजनमै गुमाए ११ जनाले ज्यान

काठमाडौँ । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाले ज्यान गुमाएका छन् । शुक्रबार मात्रै एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको सङ्ख्या ११ जना पुगेको हो ।

मलेसियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परे पछि आधार शिविर ल्याइएको थियो, उनको सोही क्रममा मृत्यु भएको हो । अर्का एक जनाको भने पहिचान खुल्न बाँकी छ ।

सगरमाथा आरोहण गर्नका लागि अहिलेसम्मकै सबैभन्दा बढी अर्थात ४ सय ६६ जना आरोहीले अनुमति लिएका थिए । ती मध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिपोट तयारी गरिँदै गरेको पर्यटन बोर्डले जनाएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७