• २०८३ असार २७
  • 2026 July 11, Saturday

सरकारले मेलम्चीको खानेपानी १२ महिना नै राजधानी आउने गरि काम गर्ने

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ।

शुक्रबार सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रममा आगामी राजधानीको खानेपानी समस्याको दिगो समाधानका मेलम्ची आयोजनालाई स्थायी बनाउने उल्लेख गरिएको छ।

दोस्रो चरणको याङ्री र लार्के खोलाको पानी राजधानी ल्याउन पनि आगामी वर्ष काम सुरु गरिने प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ

हाल हिउँदमा मात्र मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइएको छ। वर्षायाममा पानी बन्द हुने गरेको छ।