‘झिम परेली’मा किरण र दीपाश्रीको अभिनय

काठमाडौं । गायिका रानी शाक्य र गायक सङ्गीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ सार्वजनिक भएको छ । डान्सिङ शैलीको गीतमा दिनेश सुवेदीको शब्द छ, भने सङ्गीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् ।

गीतको भिडियोमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापा लगायतको अभिनय छ । तामाझापसँग थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक छ ।

मित्र डि गुरुङको सम्पादन, सुदिप बरालको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७