प्रताप दासको स्वरमा ‘प्रेमरोगी’ सार्वजनिक

काठमाडौं । गायक प्रताप दासको स्वर रहेको गीत ‘प्रेमरोगी’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा हिराकाजी थापाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत, साहस शाक्यको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा सागर खनाल, प्रतिक्षा भण्डारी र दिनेश खड्का फिचर्ड छन् । प्रेमभावको गीतमा सागर र प्रतिक्षाको बाल्यकालिन प्रेमदेखि युवावस्थाको प्रेम देखाइएको छ । भिडियोमा विन्दुप्रसाद अधिकारी र सुस्मिता रिजालको पनि अभिनय छ ।

हिराकाजी थापाको निर्देशन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन र कलर, प्रयास मगरको कोरियोग्राफी, देव दोर्जे लामाको छायाङ्कन छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७