
काठमाडौं । बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान बलिउडमा डेब्यू गर्दैछन् ।
उनले ‘सरजमीन’ नामक फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेका हुन् । फिल्म दर्ता गर्दा ‘सरजमीन’ नाम राखिए पनि नाम परिवर्तन हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ । फिल्ममा काजोलको पनि मुख्य भूमिका रहनेछ ।
इब्राहिमले बलिउडमा डेब्यू गर्न लागेको जानकारी अभिनेत्री सारा अली खानले दिएकी हुन् । कान्स फिल्म फेस्टिभलमा सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले भनिन्, ‘इब्राहिमले हालै आफ्नो पहिलो फिल्मको छायांकन सकेका छन् । उनी छायांकन सेटबाट फर्किदा हामी कुरेर बस्छौं । हामी एक-अर्काको एकदमै नजिक छौं।’
इब्राहिम सैफ र उनकी पूर्व पत्नी तथा अभिनेत्री अमृता सिंहका छोरा हुन् । सारा अली खान इब्राहिमकी दिदी हुन् ।