काभा महिला भलिबल शुरु, नेपालले दिउँसो किर्गिस्तानसँग खेल्ने

काठमाडौं । एनएससी– काभा महिला भलिबल च्यालेन्ज कप आज (सोमबार) देखि नेपालमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा शुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा अहिले उज्वेकिस्तान र श्रीलंकाबीच खेल भैरहेको छ । भारत र बंगलादेशबीच मध्यान्ह १२ बजे खेल हुनेछ । नेपालले किर्गिस्तानबीचको खेल दिउँसो ४ः३० बजेपछि हुनेछ । साँझ ७ बजे माल्दिभ्स र कजाकस्तानबीच खेल हुनेछ ।

घरेलु मैदानमा नेपाल उपाधि उचाल्ने योजनासहित कोर्ट उत्रनेछ । आइतबार आयोजित प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीकी कप्तान अरुणा शाहीले प्रतियोगिताको उपाधि जित्दै ह्याट्रिक गर्ने योजना रहेको बताएकी छिन् ।

अरुणाले अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको र यस संस्करणमा घरेलु कोर्टको फाइदा हुने भन्दै ह्याट्रिकको अवसर भएको बताईन् । भारतीय टोलीका कप्तानले तयारी राम्रो रहेकाले उपाधि योजना रहेको बताइन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१