
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ ।
आइतबार प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो ।