
भारतीय अभिनेता अनुपम खेर फिल्म छायांकनको क्रममा घाइते भएका छन् ।
उनी फिल्म ‘विजय ६९’ को सेटमा घाइते भएका हुन् । छायांकन सेटमा घाइते भएपछि उनी घरमा आराम गरिरहेका छन् ।
उनले आफू घाइते भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
‘तपाईं स्पोर्टस फिल्म खेल्नुस् र घाइते नहुनु !! यस्तो कसरी हुन्छ ? हिजो विजय ६९ को छायांकनको क्रममा काँधमा चोट लाग्यो । दुखिरहेको छ तर स्लिङवालाले शाहरूख खान र ऋतिक रोशनको काँधमा पनि स्लिङ लगाएको थिए भनेपछि दुखाइ कम महसुस गरिरहेको छु,’ उनले एक तस्बिर सेयर गर्दै लेखेका छन् ।
फिल्ममा उनको मुख्य भूमिका छ । फिल्ममा ६९ वर्षको व्यक्तिको कथा देखाइने छ । जो ट्रायथलन प्रतियोगितामा सहभागी हुन्छन् ।
आप स्पोर्ट्स फ़िल्म करो और आप घायल ना हो!! ऐसा कैसे हो सकता है? कल #Vijay69 की शूटिंग के दौरान कंधे में अच्छी ख़ासी चोट लगी।दर्द तो है पर जब कंधे पर sling लगाने वाले भैया ने बताया की उन्होंने ही @iamsrk और @iHrithik के कंधों को इस स्लिंग से सजाया था तो पता नहीं क्यों दर्द का… pic.twitter.com/zwaxDrIJhh
— Anupam Kher (@AnupamPKher) May 22, 2023