पाँचखालबाट सुरु गरे निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’को छायांकन

काठमाडौं । अन्ततः निश्चल बस्नेत निर्देशनमा फर्किएका छन् । उनको नयाँ निर्देशकीय फिल्म ‘दिमाग खराब’को छायांकन सोमबारदेखि काभ्रेको पाँचखालबाट सुरु भएको छ । बुढानीलकण्ठ मन्दिरमा शुभसाइत गरिएपछि काभ्रेबाट औपचारिक रुपमै सुटिङ सुरु भएको हो ।

अभिनेत्री स्वस्तिमा खड्काले ४० दिनको सेड्युलसहित छायांकन सुरु भएको जानकारी दिइन् । ‘पिपुल भर्सेस पावर’को बटमलाइनमा निर्माण भएको यो फिल्मको शीर्ष भूमिकामा स्वस्तिमासहित दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा र विजय बराल छन् ।

२०७४ सालमा रिलिज भएको ‘लुट’को दोस्रो श्रृंखलापछि निर्देशनमा बस्नेतको यो पुनरागमन हो । ‘दिमाग खराब’ स्वस्तिमा र निश्चलबीचको पहिलो सहकार्य फिचर फिल्म समेत हुनेछ । यी दुईले ‘घामड शेरे’ र केही म्युजिक भिडियोमा सहकार्य गरेका छन् । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा फिल्म निर्माण सुरु भएको हो ।

फिल्मलाई सुसन प्रजापतिले छायांकन गरिरहेका छन् । फिल्मलाई आगामी कात्तिक २४ गते प्रदर्शन गर्ने तयारी छ ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७