फिल्म नीरफूलको गीत ‘जिन्दगीको डुङ्गा’ सार्वजनिक

काठमाडौं । जेठ २६ गतेदेखि देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को गीत लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गीतमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ ।

२०७२ को महाभूकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको फिल्मको यो गीतमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ भने चन्द्रकुमार दोङले संगीत दिएका छन् । सेलो संगीत आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसित हाँसी खुसी रमिरहेको देखिन्छ । साथै फ्यामिलि मिसिङको दुःखलाई पनि भिडियोमा समेटिएको छ ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन फूलमान वलले गरेका हुन् । पटकथा लेखक समेत रहेका निर्देशक वलले यो फिल्मलाई भूकम्पले भत्काएको सम्बन्धहरुलाई जोड्न गरिएको प्रयत्नको रुपमा दाबी गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१