• २०८३ जेठ २५
  • 2026 June 08, Monday

बाँकेको राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

काठमाडौं । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।

उनीहरु छ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।