रुपन्देहीमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

शुद्धोधन गाउँपालिका-४ फर्साटिकरका २८ वर्षीय पवन थारुको पराजुली ग्रील उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते थारुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरी रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७