फिल्म ‘टुल्की’को ट्रेलर सार्वजनिक

काठमाडौं । बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । यही १२ जेठदेखि देशभर प्रदर्शन हुने फिल्मको दुई मिनेट लामो ट्रेलरमा मुख्य पात्र सबैलाई समावेश गरिएको छ ।

ट्रेलरमा एउटा केटीको लागि धेरै जना दाजुभाइले नै विवाह गर्दा आइपर्ने झमेला देखाउन खोजिएको छ । ‘द पाल्म गुप्र प्रालि’को ब्यानरमा निर्माण भएको फिल्मले सामाजिक यथार्थ कथा बोल्ने निर्माता शेखर लामाले जानकारी दिए । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ लाई हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको हो ।

देव थापाको निर्देशन रहेको फिल्ममा, सुशील अधिकारी र नवराज घिमिरेले छाया।कन गरेका हुन्, भने शेखर लामाको प्रस्तुति र चत्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माता रहेका छन् ।

बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ ।

फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७