भण्डारी र ओलीको भेट, ओलीले भने – तपाई‌ निको हुनुभयो, खुसी लाग्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता चन्द्र भण्डारीलाई भेटेका छन् । सभामुखको कार्यक्रक्षमा नेता भण्डारीलाई भेटी उनको स्वास्थ्यको बारेमा जानकारी लिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर ओली सिधै भण्डारीलाई भेट्न पुगेका थिए । भण्डारीले ओलीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

भण्डारीले ओलीलाई भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ। गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो। थ्याङ्क यू सो मच।’

ओलीले मिसन ग्रासरुटको देशदौडाहको क्रममा गुल्मीमा भएको कार्यक्रममा भण्डारी कांग्रेसमा नभएको एकमात्र उत्तम नेता भनेका थिए । भेटमा एमाले अध्यक्ष ओलीले भण्डारीलाई भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो। निको भएर आएपछि भेट भयो। खुसी लागेको छ।’

भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न ध्यानाकर्षण गराएका छन्। सभामुख घिमिरेले एक साताअघि नै निवासमै गएर भण्डारीसँग भेट गरेका थिए।

गत फागुन ३ मा आफ्नै निवास बुद्धनगरमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी घाइते भएका थिए भने उनकी आमाको निधन भएको थियो।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७