• २०८३ साउन ९
  • 2026 July 25, Saturday

नक्कली भुटानी शरणार्थी प्रकरण : ठगी, कीर्ते, राज्यविरुद्ध र संगठति अपराध सम्बन्धी मुद्दा दर्ता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले पक्राउ परेका १६ जना र फरार रहेका १४ जना गरी ३० जनाविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठति अपराध सम्बन्धी चारवटा कसुरमा मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

मुदाय दायर गरिएकाहरुमा पक्राउ परेकाहरु पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृह मन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा. ईन्द्रजित राई, हज समितिका अध्यक्ष शमसेर मिया, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ, गोबिन्द कुमार चौधरी, रामशरण केसी र पूर्वसभासद आङटावा शेर्पा रहेका छन् ।

फरार रहेकाहरु केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, अशोक पोखरले, धिरेन राई, दिपा हुमागाईँ, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरन्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापलाई पनि प्रतिवादी बनाइएको छ।