एनआरएनए जापान रनिङ पुरुष भलिबल कप प्रतियोगिताको विजेता गलकोट स्पोर्ट्स क्लब, टोकियो

काठमाडाैं । प्रथम एनआरएनए जापान रनिङ पुरुष भलिबल कप प्रतियोगिताको विजेता गलकोट स्पोर्ट्स क्लब, टोकियो बनेकाे छ ।

एनआरएनए जापानको आयोजनामा गएकाे सोमबार टोकियोको सिन्जुकु कस्मिक सेन्टरमा भएकाे प्रतियाेगितामा गलकोट स्पोर्ट्स क्लब, टोकियोले रनिङ कप उचालेको हाे ।

प्रतियोगितामा एनवाईएससी जापानलाई २ सेटमा पराजित गर्दै क्लबले ३ लाख ५३ हजार ५३५ येन नगद, रनिङ कप, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ ।

यसैगरी, उप विजेतामा चित्त बुझाउन पुगेको एनवाईएससी जापानले २ लाख ५२ हजार ५२५ येन नगद मेडल र प्रमाण पत्र हात पारेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रकाका लागि खेलकुद’ भन्ने मूल उद्देश्यका साथ स्थापित गल्कोट स्पोर्ट्स क्लब टोकियोले राष्ट्रिय खेल भलिबलको संरक्षण, संवर्द्धन, विकास र प्रवासमा रहेका खेलाडीहरूलाई क्रियाशिल बनाइराख्न भलिबल प्रतियोगितालाई निरन्तरता दिइरहेको पहिलो संस्था स्पोर्ट क्लव टोक्यो रहेको क्लब का संरक्षक लक्ष्मण कार्कीले बताए ।

एनआरएनए जापानको आयोजनामा गरेको प्रतियोगितामा जापानमा क्रियाशिल विभिन्न खेलाडी समूहका ११ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक एनआरएनए जापानका केन्द्रीय समिति सदस्य रामबहादुर थापा (काजी)ले जानकारी दिए ।

खेलमा अनुशासन ल्याउन र खेलाडीहरूलाई प्रोत्साहित गर्ने उदेश्यका साथ प्रतियोगितामामा विभिन्न विधा राखेर खेलाडीहरूलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

जसमा महेन्द्र सहानीलाई वेष्ट सटर, रेशम बस्नेतलाई वेष्ट प्लेयर, अभिजीत रायमाझीलाई वेष्ट स्पाइकर, मनोज केसी पाण्डवलाई वेष्ट क्विकर, सुसन राईलाई वेष्ट डिफेन्डर र अम्मर भण्डारीलाई वेष्ट कोचका विधामा उत्कृष्ट छनौट गरि पुरस्कृत गरिएको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रममा खेल क्षेत्रमा योगदान पुर्‍याउने श्री गुरुङ, रत्नसिंह बस्नेत, मदन साउद, नवीन गुरुङ लगायतलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा सम्मान गर्नका लागि आर्थिक लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयाेगदाता हरूलाई पनि सम्मान पत्रद्वारा सम्मानित गरिएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानाकारी दिए ।

कार्यक्रममा जापानमा क्रियाशिल विभिन्न राजनीतिक दलका प्रतिनिधि संघ–संस्थाका अध्यक्ष एवम् प्रतिनीधिहरु र समाजका विशिष्ठ व्यक्तित्वको उपस्थिति रहेको थियो । प्रवासमा यस खालका प्रतियोगिताले खेल र खेलाडीकाे विकाशमा योगदान पुग्नेमा कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका थिए । कार्यक्रम एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षता र महासचिव सिद्दार्थ श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७