
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ घटेको हो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।