
पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका ८ मा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । २२ दिनको सुत्केरी, उनको नवजात शिशु सहित ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दियो ।
सानीभेरी–५ मेल्चोरबाट खलङ्गा आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान पौने ८ बजे बाँफिकोट गाउँपालिका–८ दुलीमा दुर्घटना भएको थियो ।
उनका अनुसार जिप सडकबाट अन्दाजी चार सय मिटर तल खसको छ । निकै तल पुगेकाले सुरुमा त उद्धारमा पनि कठिन भएकाे थियाे ।
प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । बाँकी ६ जनाको रुकुमपश्चिमकै सल्लेमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटको रहेको छ ।
शव अहिले सल्ले अस्पतालमा राखिएको छ र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानकारी दिएको छ ।