• २०८३ असार २८
  • 2026 July 12, Sunday

पश्चिमी वायुको प्रभावले वर्षा

  • २०८० जेठ ११, बिहीबार ०९:०४

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

उक्त वायुका कारण अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ ।

मौसमी प्रणाली विस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाडौंसहित पूर्वी उत्तरी क्षेत्रमा वर्षा भइरहेको छ । कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • २०८० जेठ ११, बिहीबार ०९:०४