रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटमा एक जनाको हत्या भएको छ । देवाही गोनाही नगरपालिकाको करुनियाका शेख तैयबको हत्या भएको जनाएको छ । रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले एक जनाको मृत्यु भएको पुष्टि गरे ।

तर, उनले उनको हत्या हो वा अन्य कुनै कारण भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

उता आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले तस्वीरसहित पोस्ट गर्दै उनको गोली हानी हत्या भएको सामाजिक सञ्जालमा लेखेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७