• २०८३ असार २८
  • 2026 July 12, Sunday

पूर्णकला र कुशलको ‘तप्प आँशु खस्यो’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । पूर्णकला विसी र कुशल बेल्बसेको स्वरमा ‘तप्प आँशु खस्यो’ बोलको लोकगीत सार्वजनिक भएको छ ।

बुधबार निरोज भट्ट नामक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । निरोज भट्टको शब्द रहेको गीतमा अनिश देवाडीले संगीत भरेका छन् भने पवन परियारले संगीत संयोजन गरेका हुन् ।

स्मृति तिमल्सिना (गुरूआमा) ले निर्देशन गरेको भिडिओमा सुमन परियार, रोश्नी कार्की, निरोज भट्ट, उज्जवल लामिछाने, विकाश गुरुङ लगायतको अभिनय छ ।

नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडिओलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।