
काठमाडौं । लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गीत ‘गोधूलि साँझै’ मा सार्वजनिक भएको छ ।
डन कार्कीको शव्द तथा युगेश कार्कीको प्रस्तुति रहेको गीतमा चाँद सिंहको संगीत तथा संगीत संयोजन छ ।
लोकलयमा आधारित डान्सिङ गीतमा गायक कार्कीलाई मोडलिङमा अभिनेत्री अनु शाहले साथ दिएकी छिन् ।
उत्सव दाहालको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी रहेको भिडियोको निर्देशन राजकुमारले गरेका हुन् ।