दाङमा जीपको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । जीपले स्कुटरलाई ठक्कर दिँदा दाङमा एक जनाको ज्यान गएको छ ।

बिहीबार बिहान रा १ ज ९२३ नम्बरको जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो ।

ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाकी ३७ वर्षीया शिक्षिका सीता लम्सालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

जीपको ठक्करबाट गम्भीर घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी मल्लले बताए ।

शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउँछिन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७