महानायक राजेस हमाल र मधु विवाहको नवौं वर्षगाँठ सेलिब्रेसन गर्दै बुढानीलकण्ठमा

काठमाडौं । महानायक राजेस हमाल र मधु भट्टराईले २०७१ साल वैशाख १० गते होटल अन्नपूर्णमा विवाह गरेका थिए ।

उनीहरुले आफ्नै शैलीमा विवाहको नवौं वर्षगाँठ सेलिब्रेसन गर्दैछन् । उनीहरु एनिभर्सरी मनाउन बुढानीलकण्ठस्थित जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा पुगेका छन् ।

हमाल दम्पती एनिभर्सरी सेलिब्रेसनका लागि केही सहयोगीसहित बुधबार बेलुकादेखि नै त्यहाँ रहेको निकट स्रोतले जानकारी दियो । ‘केही सहयोगी र होटलका स्टाफसहित उनीहरुले एनिभर्सरी सेलिब्रेसन गरिरहेका छन्,’ स्रोतले भन्यो ।

अघिल्ला एनिभर्सरी मनाउन हमाल मधुलाई लिएर पोखरा जाने गर्थे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१