१० कोरोना संक्रमित थपिए, १५ निको

काठमाडौं । पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमित थपिएका छन् ।

५८० वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ४१ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७