३५ किलो चाँदीसहित तीन जना पक्राउ

काठमाडौं । सुन चाँदीका गहना चोरी गर्ने तीन जना पक्राउ परेका छन् । सुन चाँदीका गरगहना चोर्ने गिरोहमा संलग्न तीन जनालाई विराटनगरबाट पक्राउ गरिएको हो ।

विराटनगर क्षेत्रमा श्रृंखलाबद्ध रुपमा चोरी गरेको प्रहरीले सार्वजनिक गर्दैं भनेको छ । उनीहरुको साथबाट प्रहरीले ३५ किलो चाँदी र ८ ग्राम सुनसमेत बरामद गरेको छ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१२ वस्ने वर्ष २१ को राज कुमार कामत, वर्ष १९ को विवेक कामत र वर्ष २२ को श्रीकान्त दास रहेका छन्।

उनीहरुको साथबाट ३५ केजी चाँदी, ८ ग्राम सुन, भारू २ हजार पाँच सय, १ हजार ७३० रुपैँया र मोबाइल २ थान बरामद भएको छ।

प्रकाउ परेका व्यक्तिहरु मध्ये विवेक कामत चोरी मुद्दामा २०७९ साउन २२ गते देखि ९ महिनाको सजाय भुक्तान गरेर मिति गत वैशाख २८ गते छुटेका थिए भने श्रीकान्त दास समेत डाँका चोरी मुद्दामा २०७७ पुस २९ गतेदेखि करिब २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका प्रहरीले जनाएको छ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१