सप्तरीमा विद्यालयको लापरवाहीले करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

काठमाडौं । सप्तरीको राजविराजस्थित शिब इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।

विद्युतको पोलमा हुकिङ गर्ने क्रममा सो विद्यालयमा अध्ययनरत राजगढ गाउँपालिका १ झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेशलानन्द यादवको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

खेदकुद प्रतियोगितामा साउण्ड बजाउन स्कूलकै शिक्षकले विद्यार्थी पेशलानन्दलाई विद्युतको पोलमा हुकिङ गर्न भनेका थिए । उनले पोलमा सिधैं तार जोड्ने क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर घाइते उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लग्ने बित्तिकै मृत्यु भएको हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१