नक्कली भुटानी शरणार्थी प्रकरण : फरार थप एकजना पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको छ । प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये उनलाई पनि फरार सूचीमा राखिएको थियो ।
लक्ष्मीको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७