• २०८३ असार १५
  • 2026 June 29, Monday

उडिरहेको जहाजको ढोका खुलेपछि …

उडिरहेको जहाजमा ढोका खुल्नु हुँदैन तर दक्षिण कोरियामा एउटा यस्तो घटना घटेको छ । जहाँ उडिरहेको जहाजको ढोका आफै खुल्छ ।

दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ।

कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका थिए।

एयरबस ३२१ जहाजमा चालक दलका सदस्यसहित २०० जना सवार थिए।

ढोका खुल्दा जहाज जमिनबाट २१३ मिटरमाथि उडिरहेको थियो। दुईरतीन मिनेटमै जहाज ल्यान्ड हुने तयारी थियो। अचानक ढोका खुलेपछि जहाजभित्र खैलाबैला भएको थियो। तीव्र गतिमा भित्र पसेको हावाले केही यात्रु सामान्य घाइते भएका छन्। तीमध्ये ९ जनालाई जहाज ल्यान्ड भएपछि अस्पताल लगिएको छ।

प्रहरीले ढोका खोल्ने यात्रुलाई पक्राउ गरेको छ। उनले आफूले ढोका खोलेको स्वीकारेका छन् तर त्यसको कारण खुलाएका छन्।