
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जबर्जस्ती पोल्न खोजिएको बताएका छन् ।
पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रममा बोल्दै उनले शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको बताए ।
भ्रष्टाचार कहिले कसरी भएको विस्तारै खुल्दै जाने बताए । निवेदनको बाढी नै आउन थालेपछि थाप्न नसकेर अहिले बाहिर आएको जिकिर गरे ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले, खासगरी मेरो नजिकका रहेका भनिएका मानिसहरूलाई कसरी नाम पोल्न लगाउनेरु कसरी नाम लेख्न लगाउनेरु कसरी नाम मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्नेरु भयो,’ उनले भने, ‘प्रहरीकहाँ कसैले बयानमा नाम उच्चारण गर्यो भने अखबारमा सँगसँगै कसरी पुग्छरु कहिलेकहिले अघिल्ला दिन अखबारमा पुग्छ, भोलिपल्ट बयानमा आउँछ, कस्तो तयारीसाथ भइरहेको छ।’