
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले इमान्दारसाथ देशको निमित्त काम गर्ने राष्ट्रघाती भएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किराँतीले आफूलाई मन्त्री भएको केही क्षणमै तीन करोडको अफर आएको उल्लेख गरेका छन् । उनले उक्त रकम लिन नमानेको पनि बताए ।
उनले भने ‘वायुसेवा निगमको जिए फैरौं, । तपाईलाई टोकनमै एक करोड, गरेको ७ दिनमा अर्को करोड, एक महिनामा अर्को करोड गरेर तीन करोडको अफर आयो । त्यतिखेर मैले सम्झे म मन्त्री भएकै रैछु ।’
मन्त्री किरातीलाई मन्त्री भएकै केही क्षणमा एक व्यक्तिले फोन गरेर भेट्न बोलाएर उक्त प्रस्ताव गरेका थिए ।
उनले देशको पक्षमा काम नगर्ने व्यक्ति राष्ट्रवादी भएकोमा दु : ख व्यक्त गरे । ‘घुसखोर गर्ने मान्छे राष्ट्रवादी र इमान्दार साथ देशको काम गर्ने मान्छे राष्ट्रघाती भइँदोे रहेछ,’ उनले भने ।
हेर्नुहाेस् भिडिओ :