बाबा रामदेव जस्तै देखिए भन्दै ट्रोल भए अभिनेता धनुष

काठमाडौं । दक्षिण भारतीय अभिनेता धनुष नयाँ लुक्समा देखिएका छन् ।

उनी लामो दारी र कालो चस्मा लगाएर भारतको एक एयरपोर्टमा देखिएका थिए । नयाँ लुक्स सार्वजनिक भएसँगै उनको ट्रोल भइरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले रामदेव बाबाको संज्ञा दिएका छन् । कतिपयले रामदेव बाबाको बायोपिक गर्न लागेको समेत बताएका छन् ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘रामदेव बाबा पार्ट २।’ अर्काले लेखेका छन्, ‘सायद उहाँ रामदेव बाबाको बायोपिक बनाउने योजनामा हुनुहुन्छ।’

धनुषले दक्षिण भारतीय फिल्मसँगै हलिउड फिल्म ‘ग्रे म्यान’ मा समेत काम गरिसकेका छन् । उनी हलिउडको फिल्ममा अभिनय गर्ने पहिलो तमिल अभिनेता हुन् ।

उनको पछिल्लो समय फिल्म ‘वाथी’ प्रदर्शन भएको थियो । यो फिल्म बक्स अफिसमा सफल भएको थियो । फिल्ममा उनी एक प्रोफेसरको भूमिकामा देखिएका थिए ।

निर्माता कस्तूरी राजाका छोरा धनुष अभिनयका साथै निर्देशन र निर्माणमा पनि सक्रिय छन् । यसबाहेक उनी गायक र स्क्रिनप्ले लेखक पनि हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७